Posts

हालसालै प्रकासित रचनाहरू

"आफ्नै एउटा कोठा र पाँच सय": भर्जिनिया वुल्फ

Image
वर्षमा महिलाहरुका बारेमा कतिवटा पुस्तक निस्कन्छन् भन्ने कुरा तपाईंले ख्याल गर्नु भएको छ ? तपाईंलाई केहि थाहा छ ती मध्ये कतिवटा पुस्तकहरु पुरुषद्वारा लेखिएका हुन्छन् ?  विभिन्न विदेशी श्रष्टाका साहित्यिक श्रृजनाहरु पढ्ने क्रममा भर्जिनिया वुल्फको ‘आफ्नै एउटा कोठा’ (अ रुम अफ वन्स अन)भन्ने कृति हात लाग्यो । खासमा एक अर्कालाई आफूले पढेका कृतिहरु पढ्ने सल्लाह दिने क्रममा एलिजा बैनीले मलाई यो कृति पढ्ने सल्लाह दिएकी थिइन् । मैले अलि नजिक भएका हरेक स्त्रीलाई र केहि पुरुषलाई प्रिती कौरको ‘मिल्क एण्ड हनी’ पढ्ने सल्लाह दिने गरेको छु । हो त्यही पढि सकेपछि उसले भर्जिनीया वुल्पको कृति पढे नपढेको कुरा सोधेकी थिई ।

अबको सय वर्षमा, मेरो आफ्नै स्थितिलाई हेर्दा मलाई लाग्छ, महिलाहरु एउटा संरक्षित लिंगको रुपमा रहने छैनन् । उनीहरुले पहिले रोक लगाइएका सबै क्रियाकलापहरु गर्नेछन् । सुसारेले कोइला उचाल्ने छिन् । पसले महिलाले इन्जिन चलाउने छिन् । महिला एउटा संरक्षित लिङ्ग हुँदा स्थापित सबै मान्यताहरु हराएर जानेछन् । 
एक शताब्दि अघिकी लेखिकाको कृतिहरू आफैमा इतिहास पनि हो । त्यस बेलाको महिला लेखनको स्तर र उनीहरुले…

खलंगामा हमाला: खलंगामा हमला

Image
मध्यबजार टुँडिखेलमा ४६ वटा शव लस्करै राखिएका थिए ।
एकजना प्रमुख जिल्ला अधिकारी, सैनिक चारजना, २० प्रहरी, १९ माओवादी र दुई स्थानीय गरी जम्मा ४६ जनाको ज्यान गएको थियो । 
दन्त्य कथाहरु पढ्दापढ्दै पुस्तक संसारमा छिरिएको हो । पुस्तकहरुममा पनि आख्यानात्मक पुस्तकहरु प्राथमिकतामा पर्थे । समाजका विभिन्न आयामहरु आख्यान मार्फत जान्न पाउनु र कल्पनाको संसारमा हराउन पाउनुले आख्यानात्मक कृतिको अम्मली बनाएको थियो । अलि बयस्क हुँदै गएपछि फाट्टफुट्ट गैह्र आख्यानात्मक कृतिहरुमा पनि आँखा पर्न थाल्यो । अचेल गैह्र आख्यानका कृतिहरु नै प्राथमिकतामा पर्न थालेका छन् । सन् २०१८ को पहिला ३ महिनामा पढि भ्याएका २१ पुस्तक मध्ये ११ पुस्तक गैह्र आख्यानात्मक छन् । खलंगामा हमला पनि तिनै गैह्र आख्यानात्मक कृति मध्यको एक बन्यो ।

माओवादी द्वन्द्वका बेलामा हुर्किएको भए पनि द्वन्द्वका धेरै कथाहरु पढ्न नपाएको थकथक छ । सरकारी संचार माध्यमको एकतर्फी पूर्वाग्रहले भरिएका समाचारहरु मात्रै सुनेर हुर्किएको मलाई सकेसम्म निश्पक्ष भएर लेखिएका द्वन्द्वकालीन घटनामा आधारित पुस्तकहरु पढ्ने तिर्सना मोहन मैनालीको माण्ठा डराएको जुगले जगाएको…

गार्इ खाने कथा

Image
नयाँ संविधानमा अप्रत्यासित तरिकाले धर्म निरपेक्षता घुसाइएको कुराको विवाद जारी रहँदे गर्दा ‘गाइको मासु खान पाउनु पर्ने’ भन्ने विवाद सुरु भएको छ । गाइको मासु खान पाउनु पर्छ भन्ने मत राख्नेहरुले यथासक्य तर्क र प्रमाणहरु पेश गरेर गाइको मासु खान नदिएर राज्यले जनताको ‘भान्सामा नियन्त्रण’ गरेको भन्ने जस्ता वाहियात तर्क समेत गर्न भ्याएका छन् । समस्या कहाँनेर पर्छ भने उनीहरुले पेश गरेकै दलीलहरुको सहायता लियो र त्यसलाई सामान्यीकरण ग¥यो भने त हालको व्यवस्था नै उलटपलट हुन्छ । धेरै गैह्र कानुनी कुराहरुले छुट पाउनु पर्ने हो कि भन्ने जस्तो देखिन आउँछ । हालको कानुनी व्यवस्था नै पनि धरापमा पर्छ ।

गौहत्या विरुद्धको कानुन गलत भएको भन्ने तर्क गर्नेले नेपाली समाजका विभिन्न जातजातीका संस्कृतिहरुमा भएको गौमासको कुरालाई त्यसले कुण्ठित गरेको ठान्छन् । पूर्वमा किरात संस्कृति अन्तर्गतको च्याब्रुङ्ग नाचमा बजाइने बाजामा गाइको छाला प्रयोग हुने गर्छ । त्यस्तै किरातीहरुले पुजामा गाइको टाउको प्रयोग गर्ने गरेको र समयक्रमसँगै राँगाको टाउकामा सरेको भन्ने भनाइहरु छ । पश्चिममा पनि भुल र सार्कीहरुले मरेका गाइहरु लैजाने र …

Recent Posts

"आफ्नै एउटा कोठा र पाँच सय": भर्जिनिया वुल्फ

गार्इ खाने कथा

खलंगामा हमाला: खलंगामा हमला